Author: Himalaya Post

माधव पक्षद्वारा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको छ । माधव समूहले ओलीलाई २ बुँदामा प्रतिवद्धता जनाउन ओलीलाई ९ बजेसम्मको समय दिएको हो । सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएकाले माधव पक्षले एमालेका सम्पूर्ण गतिविधि नेकपा एकता हुनुअघि २०७५ जेठ २ गतेमा फर्किनु पर्ने अडान राखेको छ । यस्तै पार्टी सञ्चालन सहमतिका साथ अघि बढाउनेबारे प्रतिवद्धता गर्न समय दिइएको छ । प्रधानमन्त्री ओलीले भोलि नै प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका...

Read More

ओलीलाई विश्वासको मत नदिने जसपाको सर्वसम्मत निर्णय, सांसद तटस्थ बस्न समेत पाउने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्माओलीलाई विश्वासको मत नदिने भएको छ । जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले ओलीको पक्षमा भोट नहाल्ने सर्वसम्मत निर्णय गरेको छ । यद्दपी सांसदलाई तटस्थ रहने स्वतन्त्रता समेत बैठकले दिएको छ । जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवका अनुसार अब जसपाका सांसदहरुले तटस्थ रहन पाउने छन् वा ओलीविरुद्ध मतदान गर्न पाउनेछन् । यद्दपी सांसदहरुले ओलीको पक्षमा मतदान गर्न भने पाउने छैनन् । उनले भने, ‘तटस्थ बस्ने वा विपक्षमा मतदान गर्ने कुरामा हामीले सांसदहरुलाई आफ्नै विवेक प्रयोग गर्न छोड्दियौँ ।’ उनले भने, ‘तर, ओलीको पक्षमा मतदान...

Read More

काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री पोखरेल (वक्तव्यसहित)

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले सहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले राजीनामा दिनु परेको बताएका छन् । आइतबार प्रदेश प्रमेख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिँदै उनले स्थिरता नचाहने, विकास विरोधीतत्वहरुको अराजनीतिक चलखेलको कारण राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन् । एउटै चुनावी मोर्चावाट लडने, एउटै घोषणा पत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृत्ति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानी पुर्‍याउने प्रवृत्ति रहेको बताउँदै उनले जनताका बैरीलाई जनताले चिनेको र जनताले नै दण्डित गर्ने बताएका छन् । राजीनामा वक्तव्यमा उनले भनेका छन्, ‘देशमा स्थिरता नचाहने, विकास विरोधीतत्वहरुको...

Read More

प्रधानमन्त्री ओलीको प्रेस विज्ञप्ती : यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ गर्ला ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पार्टी एकतालाई मजबुत बनाई बघि बढ्न असन्तुष्ट माधव नेपाल पक्षका नेता सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीका सरकारलाई ढाल्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने प्रवृत्ति घातक रहेको भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् । उनले आफ्नो पार्टीलाई ढाल्न, फुटाउन र विरोधीको मलजल गर्न फ्लोरक्रस गर्ने वा अविश्वासको प्रस्ताव वा सामूहिक राजीनामा गर्ने, गराउने प्रवृत्तिलाई इतिहासले माफी नगर्ने बताएका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि...

Read More

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा दिएका हुन् । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उक्त अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यतालिका थियो । तर, मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै पद छाडेका हुन् । यससँगै गण्डकी प्रदेश सरकार कामचलाउ भएको छ । अर्को सरकार नबनेसम्म गुरुङ नै मुख्यमन्त्री हुनेछन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजित तीनदिन भित्र नयाँ सरकार गठन आह्वान गरेको गण्डकी...

Read More