Author: Himalaya Post

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रशासनले लगाएको निषेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । निषेधाज्ञा लगाएपनि सामान्य अवस्थामा जस्तै मानिसहरु हिँडडुल गरेको र भिड बढेको निश्कर्षसहित प्रशासनले थप कडाइको तयारी गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवतजावत गर्न दिइएकोमा अब एक चौथाइ कर्मचारीमार्फत कार्यालय सञ्चालन गर्न लगाइने निर्णय प्रशासनले गरेको छ । यसको सहजीकरण नेपाल राष्ट्र बैंकले गर्नेछ । शनिवार पनि सरकारी नम्बरप्लेट चलेकाले कार्यालयको मातहतमा रहेर एक चौथाई कर्मचारीद्वारा कार्यालय सञ्चालन गर्न भनिएको छ । यसैगरी यसगरी कार्यालय कार्डमा पत्रकारहरुलाई हिँड्न दिइएकोमा अब समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको...

Read More

कोभिड वार्डमा जनशक्तिको अभावपछि नेपालगञ्ज जाँदै जुम्लाका चिकित्सक

काठमाडौँ – नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो । “सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराउनुभएको थियो,” प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले भने, “त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टोली...

Read More

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिकमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन अस्पताल भर्ना भएका उनमा पीसीआर जाँचपछि कोरोना पुष्टि भएको हो । कोरोना देखिएपछि उनलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको खनाल निकट स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए...

Read More

बँदेलको आक्रमणबाट एक जनाको घटनास्थलमा नै मृत्यु

चितवन – जिल्लाको माडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।...

Read More

बेड छैन भन्नु सरकारको लाचारी र नागरिकको जीवनप्रतिको खेलबाड– काँग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रतिको खेलबाडको व्यवहार भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले अभिभावकत्व वहन गर्दै नागरिकलाई ढाडस दिनुपर्नेमा लाचारी र लज्जास्पद टिप्पणी सरकारले गरेको काँग्रेसको आरोप छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार अब कोरोना संक्रमितका लागि बेड नभएको र प्रयाप्त अक्सिजन र भेन्टिलेटर नभएको बताउँदै थेग्न नसक्ने अवस्थामा पुगेको बताएको थियो । शनिवार काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै संकटको बेलामा सरकार गैह्रजिम्मेवार बनेको बताए । ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति...

Read More