काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पार्टी एकतालाई मजबुत बनाई बघि बढ्न असन्तुष्ट माधव नेपाल पक्षका नेता सांसदहरुलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीका सरकारलाई ढाल्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने प्रवृत्ति घातक रहेको भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो पार्टीलाई ढाल्न, फुटाउन र विरोधीको मलजल गर्न फ्लोरक्रस गर्ने वा अविश्वासको प्रस्ताव वा सामूहिक राजीनामा गर्ने, गराउने प्रवृत्तिलाई इतिहासले माफी नगर्ने बताएका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,” उनले भनेका छन्, “यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।”

प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । तर, एमालेकै माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन् । नेपाल पक्षको उक्त कदमलाई रोक्न प्रधानमन्त्री ओली पक्ष दौडधूप गरिरहेको छ ।

यस्तो छ उनको विज्ञप्ती: