Author: Himalaya Post

गरिबी परिचयपत्र तत्काल वितरण नगरिने

काठमाडौँ– पहिचान भएका गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने भएको छ । परिचयपत्र वितरण गर्ने जिम्मेवारी पाएको प्रमुख निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री हृदयराम थानीले पहिचान भएका गरिबलाई राहत उपलब्ध नहुन्जेल परिचयपत्र वितरण नगर्ने बताएका हुन्। मन्त्री थानीले गरिबी निवारण गर्ने जिम्मा मन्त्रालयको भए पनि सरकारले आर्थिक स्रोत उपलब्ध नगराएका कारण परिचयपत्र वितरणले मात्र समस्या समाधान गर्न नसकिने हुँदा हाल केही समयलाई परिचयपत्र वितरण गर्नेकार्य स्थगित गरिएको जानकारी दिए । आर्थिक वर्ष २०७३÷७४ को बजेटमा सरकारले गरिबी निवारण कम गर्न गरिबी निवारण कोषलाई रु पाँच अर्ब ५० करोड र युवा स्वरोजगार कोषलाई रु ३१ अर्ब बजेट विनियोजन...

Read More

गुर्जुधारामा ट्रकको बे्रक फेल हुँदा २ जनाको मृत्यु ,९ घाइते र ४ सवारी साधानमा क्षति

काठमाडौँ–  काठमाडौंको गुर्जुधारामा ट्रकको बे्रक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ । मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् । बिहान ११ बजे बा ३ ख ९७७३ नम्बरको ट्रकले सन्तुलन गुमाँउदा अन्य ३ सबारी साधनलाई ठक्कर दिनपुगेको थियो । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो ।  ठक्कर दिने क्रममा नंबर नखुलेको एउटा स्कुटीपनि दुर्घटनामा परि...

Read More

स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन पारित गर्न काँग्रेसीभित्र दबाब

काठमाडौँ– नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिए । “बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”, नेता यादवले भने – “अधिकांशले...

Read More

निर्वाचन नजिकिएसंगै वैध/अवैध हतियारको खोजी तिव्र

चितवन– स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय प्रशासनले वैध र अवैध हातहतियारको खोजी कार्यलाई तीव्रता दिएको छ । जिल्लामा अहिले २०४ जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती २०४ हतियारमध्ये ११५ जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन् । व्यक्तिगत सुरक्षा र विभिन्न प्रयोजनका लागि गृहमन्त्रालयमार्फत अनुमति लिएर हतियार राख्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । अनुमति लिई राखिएका हतियारमध्ये बाह्र बोरको एक नाले र दुई नाले बन्दुक ११७ थान, २२ बोरको एक नाले र दुई नाले बन्दुक ६१ थान, टु टु राइफल...

Read More

गाउँपालिकामा कार्यकारी अधिकृतहरु तोकिए, तपाईंको गाउँपालिकाको कार्यकारी अधिकृत को ? थाहा पाउनुहास् (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नव गठित गाउँपालिकामा कार्यकारी अधिकृतहरु खटाएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले बिहीबार देशैभरका गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ भने मन्त्रालयले विलम्ब नगरी कार्यक्षेत्रमा हाजिर हुन निर्देशन पनि दिएको छ। ७ सय ४४ स्थानीय निकायमध्ये ४ सय ८१ वटा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । सूचि हेर्नका लागि तलको फाइलमा क्लिक गर्नुहोस् ।  Local...

Read More