अध्यक्ष भएँ भने प्रेस काउन्सिललाई पत्रकारिताको न्यायालय बनाउँछु : दीपक पाठक
– दीपक पाठक काउन्सिल अहिले अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेको छ। काउन्सिल वास्तवमा काउन्सिल रहेन। नेपालको प्रेस काउन्सिल काउन्सिल जस्तो छैन। किनकि यति विकृत र यति बदनाम काउन्सिल विगतदेखि अहिलेसम्म छैन। तर यसलाई सुधार गर्न सकिन्छ। प्रेस काउन्सिललाई पत्रकारहरूको न्यायालय बनाउन सकिन्छ । यो आजको प्रमुख आवश्यकता हो । काउन्सिलले काउन्सिलको जस्तो काम नगर्दा अहिले विकृत भइरहेको छ । अहिले युट्युबरहरु, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दिनानुदिन बढिरहेका छन्, सबै मिडियाहरू अनलाइनमा गइरहेका छन्, तिनीहरूको नियन्त्रण र नियमन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि एउटा शिष्ट तरिकाले नीतिगत भूमिका बनाउन सकियो भने काउन्सिललाई मिडियाको न्यायालय बनाउन सकिन्छ। त्यति उचाईंमा रहेको संस्था हो...
Read More