काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उक्त अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यतालिका थियो । तर, मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै पद छाडेका हुन् ।


ADVERTISEMENT

# # #


यससँगै गण्डकी प्रदेश सरकार कामचलाउ भएको छ । अर्को सरकार नबनेसम्म गुरुङ नै मुख्यमन्त्री हुनेछन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजित तीनदिन भित्र नयाँ सरकार गठन आह्वान गरेको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले बताएका छन् ।

गण्डकीमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको बहुमत रहको छ । गुरुङ विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

तलमाथि नभएको खण्डमा अब गण्डकी प्रदेशमा कांग्रे नेतृत्वको नयाँ सरकार आउने छ र कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्नेछन् ।