Author: Himalaya Post

चीनद्वारा अनुदान स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ– चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री आज ठूलो संख्यामा काठमाडौँ आइपुगेको छ । आकस्मिक स्वास्थ्य सहायताका रुपमा नेपाल ल्याइएको सो स्वास्थ्य सामाग्रीअन्र्तगत औषधि तथा स्वास्थ्य उपकरणहरु रहेको बताइएको छ । चिनियाँ एम्बेसेडर हाउ यान्किले ट्विट गर्दै, सिचुआन प्रादेशिक जन–सरकारद्वारा नेपाललाई अनुदानमा दिइएको पिआरसी काठमाडौँ आइपुगेको जानकारी दिएको हो । https://twitter.com/PRCAmbNepal/status/1394899978540052480?s=20 उक्त सामाग्री सिचुआन एयरलाइन्सको चार्टर उडानमार्फत नेपाल ल्याइएको हो । कोभिड–१९ विरुद्व लड्का लागि नेपालले यसअघि नै चीनबाट नेपाल एयरलाइन्सको विमानमार्फत अक्सिजनका सिलिन्डर एवम् अन्य आवश्यक स्वास्थ्य उपकरण ल्याएको थियो...

Read More

सामाजिक कार्यमा सक्रिय रहदैँ युवा

भजनी– कोरोनाको सङ्क्रमण बढेसँगै समुदायस्तरमा युवा सक्रिय हुन थालेका छन् । यहाँका युवाले बिरामीका लागि अक्सिजन आपूर्तिका लागि रकम सङ्कलन गर्ने, औषधि घरसम्म पुर्‍याउने, अस्पतालमा बिरामीलाई खान तथा खाजाको व्यवस्थापन जस्ता काममा व्यस्त थालेका हुन् । कैलालीको भजनी नगरपालिकामा एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । दुईजना मात्र मेडिकल अधिकृत । दुवै जना स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचार गर्नाका साथै कोरोना सङ्क्रमितको उपचारमा पनि तिनै चिकित्सक खटिने गरेका छन् । अक्सिजन अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै भजनीका युवाले सामाजिक सञ्जालमार्फत (बाचौँ र बचाऔँ) अभियानमार्फत आर्थिक सहयोगको आह्वान गरेका छन् । त्यसबाट सङ्कलन भएको रकमले अक्सिजन आपूर्ति गर्नाका...

Read More

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल केयर क्रेडिट’ सुविधा, उपचारका लागि १० लाखसम्म पाइने

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको ‘एमबीएल केयर क्रेडिट’ सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैँकले जनाएको छ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्ने छ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइटमा गइ क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने बैँकले जनाएको छ। हालको विषम...

Read More

यार्सा संकलन क्षेत्रमा फोहोर व्यवस्थापन अभियान

बझाङ– साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ । संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योति फडेराले बताइन्। पहिला एकै दिनमा एक सय, डेढ सय यार्सा पाउने गरेता पनि हाल...

Read More

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौँ– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक तथा राजदूत समेत रहेका उनको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो । बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् । नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्‍याभएका उनी सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरिएको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।...

Read More