काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको छ । माधव समूहले ओलीलाई २ बुँदामा प्रतिवद्धता जनाउन ओलीलाई ९ बजेसम्मको समय दिएको हो ।


ADVERTISEMENT


सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएकाले माधव पक्षले एमालेका सम्पूर्ण गतिविधि नेकपा एकता हुनुअघि २०७५ जेठ २ गतेमा फर्किनु पर्ने अडान राखेको छ । यस्तै पार्टी सञ्चालन सहमतिका साथ अघि बढाउनेबारे प्रतिवद्धता गर्न समय दिइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भोलि नै प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री ओलीले त्यसलाई रोक्नका लागि भरमग्दुर प्रयास गरिरहेका छन् ।