काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्माओलीलाई विश्वासको मत नदिने भएको छ ।


ADVERTISEMENT


जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले ओलीको पक्षमा भोट नहाल्ने सर्वसम्मत निर्णय गरेको छ । यद्दपी सांसदलाई तटस्थ रहने स्वतन्त्रता समेत बैठकले दिएको छ ।


ADVERTISEMENT

# # #


जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवका अनुसार अब जसपाका सांसदहरुले तटस्थ रहन पाउने छन् वा ओलीविरुद्ध मतदान गर्न पाउनेछन् । यद्दपी सांसदहरुले ओलीको पक्षमा मतदान गर्न भने पाउने छैनन् ।

उनले भने, ‘तटस्थ बस्ने वा विपक्षमा मतदान गर्ने कुरामा हामीले सांसदहरुलाई आफ्नै विवेक प्रयोग गर्न छोड्दियौँ ।’ उनले भने, ‘तर, ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्माओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले उनको विरुद्धमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।