Author: Himalaya Post

स्थानीय तह आजबाट औपचारिक रुपमा कार्यान्वयन

काठमाडौँ –स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना कार्यन्वयनमा आएका छन् । प्रधानमन्त्री दाहालले ललितपुर महानागरपालिकाको कार्यालयमा मंगलवार आयोजित एक बिशेष समारोहका बीच मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन् । गत फागुन २७ गते राजपत्रमा प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले मंगलवारबाट औपचारिक कामको सुरुवात गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री कमल थापाले संवैधानिक ब्यवस्थाअनुसार तीन तहमा उल्लेख भएका केन्द्र, प्रदेश र स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए । मन्त्री थापाले...

Read More

सवारी दुर्घटनामा दुईको मृत्यु

इटहरी- धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ । उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई...

Read More

किन भारत जाँदैछन् बाबुराम भट्टराई ?

काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई मंगलबार भारत जाने भएका छन् । इण्डिया फाउन्डेसनले दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन भट्टराई दिउँसो साढे ३ बजे दिल्ली प्रस्थान गर्ने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । १४ मार्चदेखि सुरु हुने सम्मेलनमा उनले १५ मार्चमा ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् । १९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने भट्टराईले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ । दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व,...

Read More

गाउँपालिकाको केन्द्र अन्तै तय गरेपछि एलडिओसहित कर्मचारी थुनिए

वालिङ– स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन् । सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् । सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी...

Read More

फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी

जुम्ला– यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि ३ घन्टा पैदल हिँड्नु पर्दछ । ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन् । गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नु परेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिए। सानातिना घटना यहीँ समाधान भए पनि ठूला घटनाका लागि जिल्लामा सम्पर्क गर्नुपर्दछ, तर भनेको बेला माथिल्लो निकायमा कुनै पनि कुरा जानकारी गराउन पाइँदैन, ईञ्चार्ज योगीले दुःख पोखे। प्रहरी हबल्दार...

Read More