काठमाडौँ – नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रतिको खेलबाडको व्यवहार भएको टिप्पणी गरेको छ ।


ADVERTISEMENT


संकटको बेलामा सरकारले अभिभावकत्व वहन गर्दै नागरिकलाई ढाडस दिनुपर्नेमा लाचारी र लज्जास्पद टिप्पणी सरकारले गरेको काँग्रेसको आरोप छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयले शुक्रवार अब कोरोना संक्रमितका लागि बेड नभएको र प्रयाप्त अक्सिजन र भेन्टिलेटर नभएको बताउँदै थेग्न नसक्ने अवस्थामा पुगेको बताएको थियो ।

शनिवार काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै संकटको बेलामा सरकार गैह्रजिम्मेवार बनेको बताए ।

‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेकोको बताउँदै पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्नु इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार भएको निश्कर्ष काँग्रेसको छ।

यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने भन्दै नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गरेको छ ।

May be an image of text