काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले साहित्यमा समेत पाइला चालेका छन् । र्याप गायक समेत रहेका बालेन कवितामार्फत साहित्यमा प्रवेश गर्ने भएका हुन् ।


ADVERTISEMENT


बेलाबेलदा सामाजिक सञ्जालमा कविता लखिरहने बालेनले आफ्नो पहिलो कविता संग्रह ल्याउन लागेका हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार आफ्नो कविता संग्रहको नाम सार्वजनिक गरेका हुन् । जसअनुसार उनको कविता संग्रहको नाम ‘अश्र’ रहेको छ ।


ADVERTISEMENT

# # #


बालेनले उक्त कविता संग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने समेत सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

स्वतन्त्र रुपमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि चर्चाको शिखरमा आएका बालेन अहिले पनि नेपाली राजनीतिमा चर्चाको प्रमुख पात्र बनेका छन् ।