Author: Himalaya Post

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका २३ विजेतालाई आईटीएफले गर्यो सम्मान

काठमाडौँ – महालक्ष्मी नगरपालिका ७ नम्बर वडास्थित चङ्गाथली (आईटीएफ) तेक्वान्दो एकेडेमीले आफ्ना खेलाडीलाई सम्मान गरेको छ । चैत १६/१७ मा काठमाडौँमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद २०७७ मा सहभागी भै दक्षिण एसियाली खेलकुद (फर अल स्पोर्ट्स) प्रतियोगिताका पदक विजेता २३ खेलाडी र ६ रेफ्रीलाई सम्मान गरेको छ । विजेताहरुलाई महालक्ष्मी नगरपालिका ७ का अध्यक्ष नकुल थापा, नेपाल तेक्वान्दो महासंघका उपाध्यक्ष सुरेश शाही लगात अन्य जनप्रतिनिधिले सम्मान गरेका थिए...

Read More

कोभिड खोप खरिदका लागि साढे ८ अर्ब ऋण लिन विश्व बैंकसँग सरकारले गर्यो सम्झौता

काठमाडौँ – कोभिड १९ विरुद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच हस्ताक्षर भएको हो । अर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको वृहत् योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने...

Read More

प्रदेश सरकार र महासंघले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष्ँ डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउनुहु“दै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसंग महासंघले सहजीकरण गर्ने पनि जानकारी...

Read More

जुम्लामा आगलागी, ३५ घर जलेर नष्ट

जुम्ला – जुम्ला तिला गाउँपालिका ९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।” पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास...

Read More

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर

काठमाडौँ – नेपाल वित्तीय संस्था संघले संस्थाको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन गरेको छ । शुक्रवार बसेको संस्थाको २५ औँ वार्षिक साधारण सभामार्फत तुलाधर उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रहेका तुलाधारसहित साधारण सभाले उनकै नेतृत्वमा रहको पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको छ । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् । सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी...

Read More