काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन अस्पताल भर्ना भएका उनमा पीसीआर जाँचपछि कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


कोरोना देखिएपछि उनलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको खनाल निकट स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।


ADVERTISEMENT

# # #