Author: Himalaya Post

पोखरामा पुनः वर्ड फ्लु देखियो, पंक्षीजन्य पद्धार्थ किनबेचमा प्रतिवन्ध

काठमाडौँ, फागुन २२ । पोखरामा फेरि अर्को ठाउँमा बर्ड फ्लु देखिएको छ । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेका कुखुरामा बर्ड फ्लु देखिएको ठ्याक्कै एक हप्तापछि सोही क्षेत्र नजिक रहेको दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्ड फ्लु देखिएको हो । केसीको कुखुरा फारम यसअघि पनि बर्ड फ्लु देखिएको परियारको कुखुरा फारम भन्दा करीब डेढ सय मिटरको दुरीमा पर्दछ । केसीले पालेका कुखुरा भकाभक मर्न थालेपछि परीक्षणका लागि विभागमा पठाउँदा बर्ड फ्लु पुष्टी भएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । बर्ड फ्लु देखिएको क्षेत्रको साढे एक किलोमिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । खाल्टेमसिनास्थित पूर्वक्याम्पस रोडदेखि...

Read More

मुगुमा मोबाइल वितरण गर्न टुडिखेलमा मोबाइल फाल्ने प्रतियागिता

काठमाडौँ, फागुन २२ । मुगुका विपन्न महिलाहरुलाई मोबाइल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता भएको छ । टुडिखेलमा शनिबार भएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगि सहभागी थिए । आयोजक रोटरी क्लब अफ रुऽमतिले प्रतियोगिताबाट संकलित रकमले मोबाइलको पहुँच नपुगेका मुगुका स्थानीय महिलालाई मोबाइल सेट उपलब्ध गराइने जनाएको छ । प्रतियोगितामा सहभागी हुनेले प्रवेश शुल्कबापत एक हजार रुपैयाँ तिरेका थिए । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरेर प्रतियोगिता गरेको थियो । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई उपहार स्वरुप एउटा स्मार्टफोन प्रदान गरिएको छ । क्लबले...

Read More

स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरी खटाइने

काठमाडौँ, फागुन २२ । सरकारले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी छ र, सम्भवत आइतबार मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । करिब २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । २०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती हुने र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको आलोचना हुने...

Read More

केन्याविरुद्धको खेलका लागि अन्तिम १४ खेलाडी छनोट (सूचिसहित)

काठमाडौँ, फागुन २२ । आगामी फागुन २८ र ३० गते केन्याविरूद्ध कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि अन्तिम १४ खेलाडी छनोट भएका छन्। यसअघि भारत भ्रमणमा गएका १९ जना खेलाडी मध्येबाट अन्तिम १४ छानिएका हुन्। आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा भएको छनोटमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको उपस्थिति थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल छैठौ स्थानमा रहेको नेपालका लागि केन्याविरूद्धको जीत आवश्यक छ। प्रतियोगिताका शीर्ष टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने छन्। छनोटमा परेका खेलाडीहरू पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान सरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी सोमपाल कामी सागर पुन...

Read More

अध्यक्ष ओलीद्वारा देशभित्रका खनिज उत्खनन गर्नुपर्नेमा जोड

मोरङ,  फागुन २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताए। पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए। कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पुर्याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको...

Read More