Author: Himalaya Post

एमालेले राजविराजमा कार्यक्रमस्थल फेर्‍यो, जिल्लामा सुरक्षा सतर्कता कडा

काठमाडौँ, फागुन २२ । नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सप्तरीको सभास्थल परिवर्तन गरेको छ। एमालेको अभियानलाई रोक्न मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लामा विरोधका कार्यक्रम सार्वजनिक गरेपछि एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारेको हो। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ। मोर्चासँगको सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको हो। एमालेले सभा आयोजना गर्न लागेको रंगशालामा तालबन्दी गरेपछि औद्योगिक क्षेत्रमा सारिएको कार्यक्रम त्यहाँ पनि तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन्। एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ । एमालेले गर्न...

Read More

‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने नाराका साथ यस वर्षपनि नारी दिवस मनाइँदै

काठमाडौँ, २२ फागुन । सरकारले प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रभावकारी तरिकाले एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २५ मा मनाउने तयारी गरेको छ । सो दिवसका अवसरमा मार्च ७ (फागुन २४) मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ । करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए । मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए । यस वर्षको नारी दिवसको राष्ट्रिय नारा...

Read More

मोर्चा निर्वाचनमा सहभागी हुने प्रमको विश्वास

विराटनगर, फागुन २२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् । स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने जानकारी दिँदै उनले प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको बताए । पत्रकारको जिज्ञासमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने...

Read More

पाल्पामा माटोका भाँडा लोप हुने अवस्थामा

पाल्पा, फागुन २२ । जिल्लामा परम्परादेखि चलनचल्तीमा हातले कुदेका कलात्मक माटाका भाँडा अहिले लोप हुँदै गएको छ । माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् । बजारमा आधुनिक प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका यी माटाका भाँडाको चलन घटदै जाँदा कुमालेको पेसा नै लोप हुन पुगेको हो । रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हुँदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए...

Read More

होली पर्व आजबाट सुरु, हनुमानढोकामा चीर ठड्याइयो

काठमाडौँ, फागुन २२ । रंगहरुको पर्व होली आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । बिहान ८ बजेर १५ मिनेटको शुभ साइतमा सप्तरंगी चीर ठड्याइएको छ । त्यस अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होली सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र...

Read More