Author: Himalaya Post

अब दैशैभर लोडसेडिङ अन्त्यको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ । काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्द्रित गर्दै लोडसेडिङ हटाउने अभियानलाई तीव्रता दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘हामी लोडसेडिङ हटाउने विषयलाई प्राथमिकतामा राखेर काम गरेका छौं, सम्भव भएसम्म सबै क्षेत्रबाट हटाऔं भनेर अनेकन गृहकार्य भइरहेका छन्,’ प्रवक्ता अधिकारी भन्छन्, ‘सबै नागरिकलाई हरपल बिजुली सुविधा दिनु हाम्रो कर्तब्य नै हो । त्यसैले...

Read More

दलहरुको ब्रेक थ्रु : १८ बर्ष पछि स्थानीय तहको चुनावमा होमिदै मूलुक !

काठमाडौ । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ । निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ । स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ । चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको...

Read More