काठमाडौँ, फागुन २२ । पोखरामा फेरि अर्को ठाउँमा बर्ड फ्लु देखिएको छ । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेका कुखुरामा बर्ड फ्लु देखिएको ठ्याक्कै एक हप्तापछि सोही क्षेत्र नजिक रहेको दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्ड फ्लु देखिएको हो ।


ADVERTISEMENT


केसीको कुखुरा फारम यसअघि पनि बर्ड फ्लु देखिएको परियारको कुखुरा फारम भन्दा करीब डेढ सय मिटरको दुरीमा पर्दछ ।


ADVERTISEMENT

# # #


केसीले पालेका कुखुरा भकाभक मर्न थालेपछि परीक्षणका लागि विभागमा पठाउँदा बर्ड फ्लु पुष्टी भएको पशु चिकित्सक एवम् सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

बर्ड फ्लु देखिएको क्षेत्रको साढे एक किलोमिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । खाल्टेमसिनास्थित पूर्वक्याम्पस रोडदेखि पश्चिम जागृत मार्गको ग्राभेल सडकसम्म, उत्तरमा मनकामना मन्दिरदेखि जागृत मार्गको डिलदेखि दक्षिणमा खाल्टेमसिना पिचरोड क्षेत्रसम्मलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना अधिकृत अर्यालले बताए ।

साथै सो क्षेत्रमा रहेका पंक्षी तथा पंक्षीजन्य पदार्थ मार्ने र डिस्पोज गर्ने कार्य भइरहेको उनले बताए । अपराहृनदेखि शुरु भएको पंक्षी तथा पंक्षी मार्ने काममा हालसम्म चारसय कुखुरा मारिसकिएको उनले जानकारी दिए ।

यसैबीच, पोखराको खाल्टेमसिनामा पटक/पटक बर्ड फ्लु देखिएपछि स्थानिय प्रशासनले पोखरामा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ ।

पोखरा वडा नम्बर १ देखि १८ सम्मका सबै वडाहरुमा हाल फ्रिज गरिएका कुखुराका मासुबाहेक अन्य नयाँ कुखुरा निकालेर ओसारपसार गर्न वा काटेर बेच्न प्रतिबन्ध लगाइएको सूचना अधिकृत अर्यालले जानकारी दिए ।