चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू
फागुन २०। चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए। मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई हजार ५०० तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउने छन् । पाँचजनाभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थपे बिमा कार्यक्रममा सरिक हुन सक्नेछन् । तर पाँचजनाभन्दा कम भएका परिवारले पनि रु दुई हजार ५०० नै तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । उनीहरुले वर्षभरि चितवनको तोकिएको अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने...
Read More