मोरङ,  फागुन २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताए।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए। कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पुर्याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।