Author: Himalaya Post

पर्वतमा साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु

पर्वत– हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ । सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ । पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो । कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ । जिल्लाको कुल जनसङ्ख्यामध्ये एक लाख ३६ हजार ७१० जनालाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको...

Read More

भूकम्पपीडितलाई दोस्रो किस्ता अझै अनिश्चित

मेलम्ची– भूकम्प गएको २३ महिना बितिसक्दा पनि सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित दोस्रो किस्ताको विषयमा अझै अनभिज्ञ छन् । नाम छुटेका पीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन सकेका छैनन् । विसं २०७२ वैशाखमा गएकोे विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लामध्येकोे सिन्धुपाल्चोक पहिलो स्थानमा पर्छ तर पनि यस जिल्लाका अधिकांश भूकम्पपीडितको नाम छुटेकाहरुको गुनासो दर्ता भए पनि लाभग्राहीमा समावेश गरिएको छैन । जिल्लाको पश्चिम मेलम्ची नगरपालिकाभित्र मात्र नाम छुटेका एक हजार एक सयभन्दा बढी पीडितको गुनासो दर्ता भएको छ । नेपाल पुनःनिर्माण प्राधिकरणले अहिलेसम्म पीडितको नामावली पठाउन नसक्दा पीडितले स्थायी आवास निर्माण गर्न नसकेको बताउँछन् । मेलम्ची नगरपालिकाले वितरण गरेको नौ हजार ७१...

Read More

दुर्घटनामा बस चालकको मृत्यु, आगलागीबाट पाँच लाखको क्षति

लहान–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासीे ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ । यसैगरी सिराहा नगरपालिका–७...

Read More

चर्को भाडादरले सर्वसाधारण मर्कामा

म्याग्दी– सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ । बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु रु १०० र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न रु १५० का दरले भाडा तिर्नुपर्छ । डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै चर्को भाडा तिर्नुपर्ने बाध्यता छ म्याग्दीवासीलाई । बेनी–डाँडाखेत सडकमा चल्ने एउटा मात्र माइक्रोबस चढ्न भनेजति भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बुद्ध सार्कीले बताए । “सडक भएपछि गाडी चढ्न मन लाग्छ”, सार्कीले भने – “तर महँगो भाडादरका कारण...

Read More

रोकिएन कर्णाली क्षेत्रमा हिमपात

जुम्ला– बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ । शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो । चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन । लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै भेटिएनन् । पाँच दिनदेखि जुम्लामा हवाई यातायात पनि ठप्प भएको छ । आकाश मार्गबाट आएर फर्कने पाहुना जुम्लामा रोकिएका छन् । शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय खोलिए पनि सेवाग्राहीको आवातजावत शून्य रह्यो । व्यापार व्यवसाय तथा साना–ठूला...

Read More