Author: Himalaya Post

कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न

मुस्ताङ– बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा विभिन्न सरकारी कार्यालयको सहभागितामा सम्पन्न शिविरबाट त्यस क्षेत्रका ५५९ जनाले सेवा लिएका छन् । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, नापी, कृषि पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिँचाइ विकास सवडिभिजन, महिला तथा बालबालिका, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा कार्यालयलगायतले आफ्नो सेवा प्रवाह गरेका थिए । शिविरमा १५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । उनका अनुसार, जिल्ला कृषि विकास कार्यालयबाट ११० जना किसानलाई बीउ र विषादी, पशुसेवा कार्यालयले ११४ जना किसानलाई...

Read More

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

सञ्जितकुमार मण्डल, गौशाला– महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठ मनाइदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइदै छ । सत्य, अहिंसाप्रति मानवको रुची...

Read More

निर्वाचन आयोग घेराउ गर्न गएका डा.बाबुराम भट्टराई पक्राउ

काठमाडौँ– निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेललाई पनि प्रहरीले पक्राउ गरेको छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई ट्रकमा हालेर अहिले...

Read More

घरघरमै धारा जोडिएपछि पातलखर्कवासी हर्षित

पर्वत– जङ्गलको छेउछाउमा रहेको एउटा मगरसमुदायको बस्ती । जहाँ न स्वच्छ खानेपानीको उचित प्रबन्ध न त अन्य सुविधा नै । जिल्लाबाट गाउँसम्म पुगेका विभिन्न सङ्घ संस्था पनि ठाउँ टाढा र दुर्गम भएका कारण त्यहाँ नपुगिकनै फर्किएको तितो यथार्थ पातलखर्कवासीमा अझैसम्म ताजै छ । तर अब भने यी सबै समस्याबाट मुक्ति पाएका छन् पातलखर्कवासीले । जलजला गाउँपालिका–६ शालिजाको पातलखर्कवासीमा अहिले खुसीको सीमा छैन । त्यहाँका ८१ घरधुरीमा घरघरै स्वच्छ सुरक्षित खानेपानी जडित धारा निर्माण भएपछि अहिले पातलखर्कवासीमा खुसी छाएको हो । खानेपानीको उचित प्रबन्ध नहुञ्जेलसम्म जङ्गलको जरुवा र कुवाको पानी खान बाध्य पातलखर्कवासीले झन्डै रु ४७ लाखको लागतमा बृहत् खानेपानी...

Read More

संविधान संशोधनसमेतका विषय टुङ्ग्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका विषय गम्भीररुपले अनौपचारिक छलफलका माध्यमबाट यथाशक्य छिटो टुङ्ग्याउने प्रयास भइरहेको बताएका छन् । नेपाल टेलिभिजनबाट शनिबार प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा उनले भने – “छलफल सकारात्मक ढङ्गले अघि बढनेछ, यसमा सहमति गरेर उत्साहजनक र पर्वकै रुपमा स्थानीय तहको निर्वाचनमा जाने कोसिस भइरहेको छ ।” प्रदेशको सीमाङ्कनको विषय केन्द्रको निर्वाचनअघि सङ्घीय आयोगमार्फत हुने भएपछि मधेस, पहाड र हिमाललाई मिलाएर जाने विषयमा प्रतिपक्षको पनि सहयोग हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले संविधान सशोधनका लागि अहिले सदनमा टेबुल भएकाले अर्को विधेयकलाई पनि तोकिएको निर्वाचनलाई दायाँ बायाँ नगर्ने गरी संशोधन गर्ने...

Read More