Author: Himalaya Post

कञ्चनपुर गोलीकाण्ड बारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकारले गरे फोन

कञ्चनपुर –कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। टेलिफोनमा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव भएका जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए। टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले...

Read More

सप्तरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या पाँच पुग्यो

राजविराज– एमालेको मेची महाकालि अभियानको क्रममा सोमवार प्रहरीको गोली लागेर गंभीर घाईते भई धरानमा उपचार भईरहेको थप एक जनाको मृत्यु भएको छ । यो संख्यासँगे शुक्रवारसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले दिएको जानकारी अनुसार गोली लगेर गंभीर भई आईसीयुमा उपचार भईरहेको जमूनी–१ कटवीका ईनरदेव यादव (५०) को धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार दिउँसो मृत्यु भएको हो । यस अघिसम्म प्रहरीको गोली लागेर मलेठ–२ बस्ने रंजन मेहता, मलेठ–२ कै विरेन्द्र महतो, मलेठ–४ का पिताम्वर मण्डल र प्रसवनीका आनन्द साहको मृत्यु भएका थियो। गोली लागेर गम्भिर थप ७...

Read More

जनताको अधिकार स्थापित गर्न निर्वाचन आवश्यक : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पुर्याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताएका छन् । थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज शुभारम्भ गर्दै उनले भने– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।”प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका मागलाई सम्बोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर देशमा स्थायित्व र समृद्धि ल्याउनुपर्छ भन्दै त्यसका लागि सबै नेपालीको साथ आवश्यक भएको बताए । मुलुक चुनौती र अवसरका बीचमा उभिएको चर्चा गर्दै उहाँले लामो समयपछि समावेशी र समानुपातिक संविधान घोषणा भएको र त्यसलाई फराकिलो बनाउन संविधान संशोधन आवश्यक रहेको छ भने।प्रधानमन्त्री प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका लागि निरन्तर लड्न तयार थकाली जातिको धर्म संस्कृतिको जगेर्नाका लागि आफूले अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ८७ वर्षका उमेरमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने तयारीमा रहेका आरोही मीनबहादुर शेरचनलाई सम्मानसहित शुभकामना व्यक्त गरेका थिए । तोरन्लमा थकालीहरुले तीन दिनसम्म आ–आफ्ना पितृलाई सम्झने गर्छन् । प्रायः सबै जनजातिले आ–आफ्ना चाडका अवसरमा सार्वजनिक बिदा पाएको उल्लेख गर्दै उनीहरुले तोरन्लका अवसरमा बिदा दिनुपर्ने माग गरेका छन्...

Read More

हिमपातले ढाक्यो कर्णाली, जनजीवन प्रभावित

जुम्ला– एकसातादेखि मौसममा बदली भई चिसो बढ्दै जाँदा भएको भारी हिमपातले कर्णाली पुनः ढाँकिएको छ । हिमपातले सबैभन्दा यहाँका बालबालिका, महिला, वृद्ध, अशक्त अपाङ्गलाई बढी समस्या परेको छ । घरबाट बाहिर जानसक्ने सहज अवस्था छैन् । यसले स्थानीयवासीको दैनिक कामकाज ठप्प भएको छ । पानीपँधेरो, आवातजावत गर्न र मेलापातमा जान ठूलो समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्थानीय महिला सम्झना महतले बताइन् । हिमपातका कारण हिउँले गरिब घरपरिवार र खासगरी उच्च भागमा बस्ने समुदायको जनजीवन कष्टकर बनेको छ । कर्णालीका मुगु, डोल्पा, हुम्ला, डोल्पा हिउँले सेताम्य भएको छ भने कर्णालीको माथिल्लो भेकमा जनजीवन प्रभावित भएको जनाइएको छ । दक्षिणी र...

Read More

स्थानीय तहको संख्या ७ सय ४४ कायम, आजबाट पूराना सबै स्थानीय निकायको अस्तित्व समाप्त

काठमाडौँ– मुलुकमा आजबाट औपचारिक रुपमा ७ सय ४४ वटा स्थानीय तह बनेका छन् । सरकारले स्थानिय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदनलाई आज राजपत्रमा प्रकाशित गरेसँगै पुरानो स्थानीय निकायको अस्तित्व समाप्त भई नयाँ तह कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ । काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर २ नम्बर प्रदेशमा...

Read More