भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहार : नेता मैनाली
भक्तपुर– नेकपा (माले)का महासचिव सिपी मैनालीले भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताए । पछिल्लो समयमा भारतकै इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ थियो ।महासचिव मैनालीले भने –“नेपाल र भारतबीचको सुगौली सन्धिदेखि नेपालको गणतान्त्रिक संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दी हुँदै नेपाली नागरिकमाथि गोली प्रहार गर्नेसम्मका कार्य गरेर भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आएको...
Read More