काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले आइतबार सरकारको सिफारिस अनुसार प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेकी हुन् । अब प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा २०७८ साल वैशाख १७ गते र दोस्रो चरणको निर्वाचन वैशाख २७ गते हुने भएको छ ।


ADVERTISEMENT

# # #


मध्यावधि निर्वाचनको घोषणासँगै हालको प्रतिनिधिसभा भंग भएको छ । प्रधानमन्त्री केपी शर्माओलीले आइतबार बिहान मन्त्रीपरिषद्को आकष्मिक बैठकमार्फत संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा संसद विघटन (विज्ञप्तीसहित)
– संसद विघटनको निर्णय अदालतबाटै उल्टिन्छ, व्यवस्था धरापमा छैन : संविधानविद् डा. अधिकारी (अन्तर्वार्ता)
– संसद विघटनको ओली कदम पछि देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक
– अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
– केपी ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

राष्ट्रपति कार्यालय शितलनिवासले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’