काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा)का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्माओलीले संविधानको अपहरण गरेको बताएका छन् ।


ADVERTISEMENT


नेता शर्माले प्रधानमन्त्री ओलीको संघीय संसद विघटन गर्ने निर्णयले संघीय लोकतान्त्रिण गणतन्त्र नेपालको संविधानको अपहरण गरेको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले संविधानको रक्षाका लागि सबै तयार हुनु पर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


‘केपि ओलिले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन ।’ उनले भनेका छन, ‘यसको रक्षाका लागि सबै तयार होऔँ ।’

सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा संसद विघटन (विज्ञप्तीसहित)
– वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा
– संसद विघटनको निर्णय अदालतबाटै उल्टिन्छ, व्यवस्था धरापमा छैन : संविधानविद् डा. अधिकारी (अन्तर्वार्ता)
– संसद विघटनको ओली कदम पछि देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक
– अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्री ओलीले आइतबार बिहान आकष्मिक मन्त्रीपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफासिर गरेका थिए ।

केपि ओलिले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ ।।

Posted by Janardan Sharma’Prabhakar’ on Saturday, December 19, 2020