काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता पर्शुराम बस्नेतले व्यवस्थाको रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदम चाल्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीका बिश्वास पात्रका रुपमा चिनिने नेता बस्नेतले व्यवस्था समाप्त पार्ने षड्यन्त्र चाल पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको निर्णयमा जान बाध्य हुनुपरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


“अप्राकृतिक असंवैधानिक कु गरेर व्यवस्था नै समाप्त हुनेगरि षड्यन्त्र गरेको सुईंको पाएपछि सम्माननीय प्रधानमन्त्री जनतामा जान बाध्य हुनुभएको हो” बस्नेतले हिमालय पोष्टसंग भनेका छन् ।

के हो ओली पक्षले चाल पाएको प्रचण्ड पक्षको षड्यन्त्र ?

प्रधानमन्त्री ओलीले पाएको सुचनामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतको टोलीले राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री ओलीका बिरुद्ध षड्यन्त्रको योजना बनाएको खुलासा भएको छ ।

योजना अनुसार राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र प्रधानमन्त्री ओलीलाई अबिश्वासको प्रस्तावबाट हटाउने षड्यन्त्र बनेको पाईएको ओली निकट नेताहरुको भनाई छ । प्रचण्ड पक्षले उपराष्ट्रपति नन्दबहादुर पुनलाई निमित्त राष्ट्रपति बनाएर असंबैधानिक कु गर्ने षड्यन्त्रको संकेत पाएपछि ओलीले पछिल्लो कदम चाल्दै जनता समक्ष जानुपरेको बालुवाटारको निष्कर्ष छ ।

यस्तै, ओलीलाई पार्टीमा अध्यक्ष पदबाट समेत स्थायी कमिटी बैठकबाटै हटाउने गरी तानाबुना बुनिएको समेत सुईंको पाईएको ओली पक्षको भनाई छ ।