काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को सिफरिस अनुसार संसद विघटन गरेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपतिले संसद विघटन गरेको राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्तीमार्फत जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओलीले आइतबार बिहान मन्त्रीपरिषद्को आकष्मिक बैठकमार्फत संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा संसद विघटन (विज्ञप्तीसहित)
– वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा
– संसद विघटनको निर्णय अदालतबाटै उल्टिन्छ, व्यवस्था धरापमा छैन : संविधानविद् डा. अधिकारी (अन्तर्वार्ता)
– संसद विघटनको ओली कदम पछि देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक
– अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
– केपी ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

राष्ट्रपति कार्यालय शितलनिवासले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’