Author: Himalaya Post

प्रतिगोटा साबुनको मूल्य ३ हजार ८ सय राखेको नगरपालिकाले भन्यो, ‘प्रिन्ट मिस्टेक हुँदा खर्च बढेको हो’

सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाइ साबुनको प्रतिगोटा मूल्य रु तीन हजार ८३१.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको...

Read More

सामूहिक बलत्कारपछि रुखमा झुण्डाएर युवतीको हत्या प्रयास

जनकपुर – धनुषास्थित मिथिलामा एक युवतीको बलत्कारपछि रुखमा झुण्डाएर हत्याको प्रयास गरिएको छ । १८ वर्षीया युवतीलाई ३ जनाले सामूहिक बलत्कार गरेर रुखमा झुण्डाएर हत्या गर्ने प्रयास गरेका थिए । गत मंसिर ३ गते साथीका एक जना नातेदार राजेश महतोले घर नजीकैको सडकमा बोलाएर सामूहिक बलत्कार गरेका थिए । तीनजनाले ती युवतीलाई मोटरसाइकलमा बर्दिबास लगी सामूहिक बलत्कार गरेकोमा बलत्कारपछि हत्याको प्रयास गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शिवचन्द्र कृपाल महतो र सरोज महतोलाई पक्राउ गरेको छ भने राजेश महतो अझैँ फरार छन् । राजेशको खोजी कार्य जारी रहेकोमा पक्राउ परेका दुई जनाबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती...

Read More

कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

काठमाडौँ – जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि उद्योगबाट पूर्णरूपमा मापदण्ड पालना नभएको देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। गृह मन्त्रालयले गत कात्तिक २५ गते नदीजन्य सामग्रीको दोहन बढेको भन्दै अवैध तथा मापदण्ड नपुगेका क्रसर उद्योग तत्काल बन्द गराउन स्थानीय प्रशासनलाई परिपत्र गरेपछि प्रशासनसहित जिल्लास्तरीय अनुगमन समितिले अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा दर्ताको उद्देश्यभन्दा फरक काम गरेको, सरकारी राजश्व नतिरेको, फर्म नवीकरण नभएको तथा नदी किनारबाट ५०० मिटर टाढा उद्योग सञ्चालन हुनुपर्नेमा सोको पालना...

Read More

कक्षा १२ को परीक्षा आजबाट शुरु, संक्रमितले पछि परीक्षा दिन पाउने

काठमाडौं – माध्यमिक शिक्षा परीक्षाअन्तर्गत कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । आज बिहान ७ बजेदेखि परीक्षा शुरु भएको हो । कक्षा १२ को परीक्षामा २ लाख ८ हजार २७६ छात्र र २ लाख ६ हजार ९७५ छात्रा गरी कूल ४ लाख १५ हजार २५२ परीक्षार्थी सहभागी छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट कक्षा १२ मा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी हुँदैछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडका कारण विद्यार्थीहरुलाई उनीहरुले रोजेकै नजीकको विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ । कोभिड संक्रमणका कारण यतिबेला परीक्षा दिन नपाएका...

Read More

कोरोनाका कारण पाकिस्तानका विद्यालयहरू फेरी बन्द, परीक्षा स्थगित

एजेन्सी – कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ। सरकारी अधिकारीहरूले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरू बन्द हुनेभएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ। शैक्षिक संस्थाहरू बन्द हुनेभएपछि अहिले तय गरिएका सबै परीक्षाहरू पनि स्थगित गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ। पछिल्लो पटक थपिएकाहरूसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ । इन्डोनेसियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको...

Read More