काठमाडौं – माध्यमिक शिक्षा परीक्षाअन्तर्गत कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । आज बिहान ७ बजेदेखि परीक्षा शुरु भएको हो ।


ADVERTISEMENT


कक्षा १२ को परीक्षामा २ लाख ८ हजार २७६ छात्र र २ लाख ६ हजार ९७५ छात्रा गरी कूल ४ लाख १५ हजार २५२ परीक्षार्थी सहभागी छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट कक्षा १२ मा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडका कारण विद्यार्थीहरुलाई उनीहरुले रोजेकै नजीकको विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ । कोभिड संक्रमणका कारण यतिबेला परीक्षा दिन नपाएका विद्यार्थीले पछि परीक्षा दिन पाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।