जनकपुर – धनुषास्थित मिथिलामा एक युवतीको बलत्कारपछि रुखमा झुण्डाएर हत्याको प्रयास गरिएको छ । १८ वर्षीया युवतीलाई ३ जनाले सामूहिक बलत्कार गरेर रुखमा झुण्डाएर हत्या गर्ने प्रयास गरेका थिए ।


ADVERTISEMENT


गत मंसिर ३ गते साथीका एक जना नातेदार राजेश महतोले घर नजीकैको सडकमा बोलाएर सामूहिक बलत्कार गरेका थिए । तीनजनाले ती युवतीलाई मोटरसाइकलमा बर्दिबास लगी सामूहिक बलत्कार गरेकोमा बलत्कारपछि हत्याको प्रयास गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शिवचन्द्र कृपाल महतो र सरोज महतोलाई पक्राउ गरेको छ भने राजेश महतो अझैँ फरार छन् ।

राजेशको खोजी कार्य जारी रहेकोमा पक्राउ परेका दुई जनाबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।