Author: Himalaya Post

सामुदायिक भवन निर्माण

रसुवा – धुन्चेस्थित रसुवा उच्च माध्यमिक विद्यालयको छात्रावास हाताभित्र बहुउद्देश्यीय सामुदायिक केन्द्रको भवन निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको समन्वयमा जनताबाट जनताका लागि सहयोग पुर्नलाभ, पुनर्निर्माण उत्थानशील सामुदायिक निर्माण परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय अप्रवासन सङ्गठन (आइओएम) नेपाल नामक संस्थाको रु ९८ लाखको लागतमा भवन निर्माण भएको हो । दैवी विपद्बाट असहज भएको अवस्थामा नागरिकलाई सुरक्षित बासको व्यवस्था गर्न तथा अन्य सामाजिक क्रियाकलापमा भवनलाई उपयोगमा ल्याइने रसुवा उच्च माविका प्राचार्य तेम्पारिसाङ धलेले जानकारी दिए । एउटै हलका रूपमा निर्माण गरिएको सो भवनमा करीब एक सय व्यक्ति अट्ने र महिला तथा पुरुष एवं अपाङ्गता भएका व्यक्तिलाई छुट्टाछुट्टै शौचालय तयार भएको छ । नवनिर्मित...

Read More

विवेकशील र साझा पार्टीबीच एकता : मिश्र अध्यक्ष, पाण्डे संयोजक (एकीकरण घोषणापत्रसहित)

काठमाडौँ – आफूलाई भविष्यको वैकल्पिक शक्ति दाबी गर्ने विवेकशील र साझा पार्टीले एकता घोषणा गरेका छन् । बुधबार एक भिडियो कन्फेरेन्सका बीच मिलन पाण्डे नेतृत्वको विवेकशील पार्टी र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले एकीकरण गरेका हुन् । एकतापछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ भने रवीन्द्र मिश्र पार्टीको अध्यक्ष हुनेछन् भने मिलन पाण्डे संयोजक रहनेछन् । यस्तै एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५–६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन् भने पार्टी एकीकरणको सम्झौता भएको ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन गरिने बताइएको छ । एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट...

Read More

अन्योलमै अल्झिए गाउँका सरकार

म्याग्दी – ठोस योजनाको अभावमा म्याग्दीका स्थानीय तह र जनप्रतिनिधिहरुको साढे तीन वर्ष ‘कुहिरोका काग’ जस्तै बनेको छ । गाउँ र नगरपालिका स्थापना तथा निर्वाचित जनप्रतिनिधि भएपछि प्रशासनिक सुगम र भौतिक विकासका कामले तीव्र गति पाए पनि प्रशासनिक र राजनीतिक क्षमता तथा इच्छाशक्तिको कमीले उपलब्धि हासिल गर्न चुनौती देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र तिनका ४५ वडा छन् । चुनावी घोषणापत्र, स्थानीय आवश्यकता, नीति तथा कार्यक्रम, बजेट र योजना कार्यान्वयनबीच तालमेल नहुँदा स्थानीय तह र जनप्रतिनिधिको साढे तीन वर्ष कुहिरोका काग जस्तै अलमलमै बितेको गैरसरकारी संस्था महासङ्घ म्याग्दीका पूर्वाध्यक्ष हरिप्रसाद पौडेलको...

Read More

संघीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई

उदयपुर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन् । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न ।” उनले सङ्घीयता सबै नेपालीको भएको कारण सबै जातजाति मिलेर तेरो, मेरो नभनी अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए । सङ्घीयता र गणतन्त्रका लागि योगदान गर्ने...

Read More

तीन दिन मौसम बदली हुने

काठमाडौँ – न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए । हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश नं २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १,...

Read More