Author: Himalaya Post

स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ । पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल चैत ११ गते बन्दाबन्दी जारी गरिएदेखि नै विद्यापीठले विद्युतीय कक्षा शुरु गरेको थियो । विद्युतीय कक्षामा भौतिक कक्षामा भन्दा ४० प्रतिशत कम विद्यार्थी सहभागी भएपछि विद्यापीठमा स्मार्ट कक्षा निर्माण शुरु गरिएको प्राचार्य भागवत ढकालले जानकारी दिएका हुन् । विद्यापीठका ६० प्रतिशत विद्यार्थीले भने नियमितरुपमा विद्युतीय माध्यमबाट कक्षा लिइरहेका छन् । घरमा इन्टरनेट सुविधा नहुने प्राध्यापक एवं विद्यार्थीका लागि क्याम्पसमा उपकरणसहित स्मार्ट कक्षाको व्यवस्थाले सहयोग पुग्ने...

Read More

प्रधानमन्त्री ओलीद्वारा तरल अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै ओलीले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बबताएका छन् ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महङ्गो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ’, उनले भने । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक...

Read More

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

कालिका खड्का, काठमाडौँ – लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको नशामा ती निर्दोष युवतीलाई आफ्नो भिडियो खिचेको र सार्वजनिक भएको पत्तै भएन । यो घटनाले उनीहरुको वैयक्तिक गोपनीयताको हकको हनन भएको छ, उनीहरुको चरित्र हत्या गरिएको छ । छुट्टै पहिचान बोकेको यो समुदाय बाहिरका मानिससँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने आदिवासी राउटे समुदाय हो । उक्त समुदायक सोझा युवतीहरुलाई स्थानीय युवाहरुले झुक्याएर सुनियोजित तरिकाले मदिरा सेवन गराई होटेल कोठामा लगेर यौन दुव्र्यवहार गर्ने पीडकहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग अहिले देशव्यापी रुपमा व्यापक उठिरहेको...

Read More

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

गण्डकी– गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।...

Read More

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने

मकवानपुर– वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ । मन्त्री ढुङ्गेलले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै आगामी बजेट प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका हुन् । उनले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गरेका छन् । उनका अनुसार, प्रदेशमा कोभिड–१९ सङ्क्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको...

Read More