Author: Himalaya Post

विश्वकप छनोट : नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै, के भन्छन् प्रशिक्षक ?

काठमाडौँ – विश्वकप फुटबलको छनोट खेल अन्तर्गत आज नेपालले चाइनीज ताइपेईसँग खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाइनीज ताइपेईसँग नेपालले जित हात पार्ने प्रयास गर्ने बताएका छन् । उनले भने, ‘हामी एशियाली कप छनोटको मौकाका लागि हामी चौथो स्थान सुरक्षित गर्न चाहन्छौँ । त्यसका लागि हामीले ताईपेईसँग जित्नुपर्नेछ ।’ खेलका लागि धेरै तयारी गर्न नपाए पनि नेपाली टोलीमा प्रतिभावान युवाहरु रहेकाले नतिजा सकारात्मक आउने विश्वास व्यक्त गरे । उनले भने, ‘कुवेतको मौसममा खेल्न सहज हुने छैन । मलाई लाग्छ, दुबै टिमका लागि कठिन हुनेछ ।’...

Read More

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । यद्दपी यो मन्त्रिपरिषद्को नियमित बैठक हो...

Read More

मेलम्चीको पानी एक महिना वितरण नहुने

काठमाडौँ – काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै, २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ । दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख...

Read More

मुख्यमन्त्री राउतको चेतावनी : ढुङ्गा, बालुवा र गिट्टी निकासीको नीति फिर्ता नलिए हामी निर्णय गर्छौं

जनकपुर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं. २ का भू-भाग मरूभूमिकरण भई जनताको बिल्लीबाठ हुने जनाउँदै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । चुरे क्षेत्र वालुवा गिट्टीको स्रोत नभई प्राकृतिक सम्पदामा समेत धनी भएको उल्लेख गर्दे उनले प्रदेश सरकार ातहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी प्राकृतिक सम्पदाले वासस्थान गुमाउने बताए । मुख्यमन्त्री राउतले प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे...

Read More

दी गो इ८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

काठमाडौं – विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो । सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ । नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दीगो इ८ यस...

Read More