Author: Himalaya Post

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ– इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा...

Read More

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

सर्लाही– जिल्लाको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण रेका हुन् । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिएका छन् । सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको उनले जनाएका छन् । सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै...

Read More

एटिएम मेशिन तोडफोड गर्ने पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

Read More

निवर्तमान मन्त्री अधिकारीको दुई साताको उपलब्धि : ‘खोज तथा उद्धरकर्ता पहिले’ मान्यता स्थापित

काठमाडौँ– निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ । सो अवधिमा विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा सुरक्षा प्रमुखले हेलिकोप्टरबाट निरीक्षण गर्ने भन्दा सम्बन्धित खोज तथा उद्दार जनशक्ति र विपद् विज्ञलाई घटनास्थलमा पठाउने र ‘कमाण्ड पोष्ट’बाट समन्वय तथा निर्देशन दिने जनमैत्री कार्यमुखी उन्मुख पद्धतिको शुरु गरिएको हो । देशभरका सबै स्थानीय तहका छ हजार ७४३ वडामा न्यूनतम उद्दार सामग्री तत्काल प्रयोग गर्न सक्ने अवस्थामा भण्डारण गर्ने व्यवस्था मिलाउन निर्देश गरिएको नेता अधिकारीको सचिवालयले जनाएको छ । गत...

Read More

पत्रकारमाथि दुर्व्यहार गर्नेलाई कारवाहीको माग

डोटी– समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुर्व्यहार गरेको भन्दै यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दुर्व्यहार गर्नेलाई कारवाहीको माग गरेका छन् । पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि त्यहाँका जनप्रतिनिधिले नै दुर्व्यहार गरेको भन्दै कारवाहीका लागि माग गरिएको हो । पत्रकारमाथि भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश, पत्रकार महासङ्घ डोटी शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कानूनी कारवाहीसहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् ।...

Read More