Author: Himalaya Post

अदुवा बिक्री नभएपछि कृषक निराश

पर्वत– मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउँछन् । बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । “प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन”, सुवेदीले...

Read More

जटिल बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन

अच्युत रेग्मी, काठमाडौँ– काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो । काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ ।काठमाडौँ उपत्यकामा विसं १९५८ सालमा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले भने विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारी साधनको...

Read More

भिक्टोरिया क्रस विजेता स्व.पुनको स्मृतिमा सङग्रहालय बन्ने

म्याग्दी– बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताए । स्थानीयवासीले गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक रहेको करिब एक रोपनी जग्गा रु १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् । सोही जग्गामा सङग्रहालय बन्न लागेको हो । सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त...

Read More

नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी– हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । उनले भने “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।” गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले...

Read More

ढोरपाटनमा एउटै झारलको सिकार गर्न १३ लाख तिरे सिकार एजेन्सीले

बागलुङ– ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड ट्रेल्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेकोे छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् । नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम...

Read More