काठमाडौँ– काठमाडौँको शंखपार्कमा एक पुरुषको शव मृत फेला परेको छ ।


ADVERTISEMENT


आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले पुरुषको पहिचान हुन नसकेको बताए । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।

अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।