Author: Himalaya Post

धौवादी फलाम कम्पनी र सेजलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने

काठमाडौँ– सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै यी दुवैलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको  उल्लेख गरेयो । यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाइने बताए । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवर्द्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।...

Read More

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा रुपान्तरण गरिने

काठमाडौँ – सरकारले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा रुपान्तरण गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२ ८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उक्त घोषणा गरेका हुन् । उनले भने, ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिनेछ ।’ कीर्तिपुर मैदानलाई स्तरोन्नति गर्न हाल निर्माण कार्य जारी छ । पहिलो चरणमा १० हजार सिट क्षमताको प्याराफिट निर्माण र राती खेल्न मिल्ने गरी फ्लडलाइट जडानको काम भइरहेको छ । यस्तै राष्ट्रपति पौडेलले देशभर खेलमैदान र रंगशाला निर्माणका लागि निजी क्षेत्रलाई संलग्न गर्ने गरी नीतिगत सुधार गर्ने बताए...

Read More

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम फेरियो

काठमाडौँ – सरकारले कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन गर्ने भएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण परियोजना बनाउने घोषणा गरेका हुन्...

Read More

बारपाकको दलितबस्ती : ‘बत्तीमुनिको अँध्यारो’

–प्रतिक्षा आले गोरखा, १९ वैशाख । खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण । यही टहरोभित्र यसैवर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहेकी छिन् । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उनीसहित सात जना ओत लागिरहेका छन् । “के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका...

Read More

सरकारको नीति तथा कार्यक्रम : जेनजी पुस्तालाई लक्षित गर्दै ‘स्टार्टअफ’ योजना

काठमाडौँ – सरकारले जेनजी पुस्तालाई लक्षित गर्दै स्टार्टअफको योजना ल्याउने भएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन गर्ने,’ घोषणा गरेका हुन् । यसअघि पनि सरकारले युवालाई लक्षित गर्दै स्टार्टअप कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन भने हुने सकेको छैन्...

Read More