काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई थाकेको अल्छी सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका छन् ।
शुक्रबार संसद भवनमा पत्रकारसंग कुरा गर्दै वाग्लेले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहाराएकाले थालेको अल्छी सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका हुन् । उनले भने, ‘यो नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको वार्षिक कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरु दोहोर्याइएका छ । नयाँ कुरा केही छैन ।’
उनले देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको बताए । उनले भने, ‘अहिलेकै सम्मानीय २०७४ सालमा प्रधानमन्त्री हुँदा कम्तीमा हावादारी कार्यक्रम भए पनि कल्पनाशीलता थियो, अहिले त्यो हावादारी कार्यक्रमको पनि कल्पनाशीलता देखिएन ।’
उनले नीति तथा कार्यक्रमलाई बजेटबाट विश्वसनीय बनाउन सरकारलाई सुझाव दिए ।