Author: Himalaya Post

सुनकोशी मरिन आयोजना समयमै निर्माण गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय ‘डाइभर्सन’ आयोजना समयमै निर्माण गर्न निर्देशन दिएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’बारे आज जानकारी लिँदै मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्माणमा संलग्न पक्षलाई निर्देशन दिएका हुन् । “सुनकोशी मरिनबारे प्रधानमन्त्रीले बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना समयमै निर्माण गर्न समाधान खोज्न जरुरी छ”, उनले भने । एउटै निर्माण व्यवसायीले धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिले विकासमा ढिलाइ भएको उनको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी...

Read More

हत्या अभियोगमा पक्राउ

काठमाडौँ– काठमाडौँको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।  यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२÷४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उनले बताए । घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा...

Read More

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । शुक्रबार मन्त्रालयमा नेपाल चिकित्सक संघको टोलीसँगको छलफलका क्रममा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिने निर्णय सवैले कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् । चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ । नेपाल चिकित्सक कर्मचारीहरुलाई ८औँ सरह नै भत्ता दिनुपर्ने उनले स्पष्ट पारे । उनले सरकारको निर्णय कार्यान्वयन गराइछाड्न उल्लेख गर्दै चिकित्सकहरुलाई उपचार सेवामा फर्किन आग्रह गरे । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारको...

Read More

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (LIVE)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो । नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको...

Read More

प्रिन्सा साह मृत्यु प्रकरणमा भारतले भन्यो – ‘अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध छ’

काठमाडौँ — भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिन्सा साहको निधनपछि भारत सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै ओडिशा राज्य सरकारसँग निरन्तर समन्वयमा रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रिन्सा साहको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको हो। “भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले हामी अत्यन्तै दुःखी भएका छौं,” विज्ञप्तिमा उल्लेख छ। भारतले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। विज्ञप्तिअनुसार घटनाको जानकारी प्राप्त भएपछि भारतको विदेश मन्त्रालयले ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क गरिरहेको र मृतकको परिवारलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइएको छ। साथै ओडिशा प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। “भारत...

Read More