काठमाडौँ – सरकारले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा रुपान्तरण गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२ ८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उक्त घोषणा गरेका हुन् ।
उनले भने, ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिनेछ ।’ कीर्तिपुर मैदानलाई स्तरोन्नति गर्न हाल निर्माण कार्य जारी छ । पहिलो चरणमा १० हजार सिट क्षमताको प्याराफिट निर्माण र राती खेल्न मिल्ने गरी फ्लडलाइट जडानको काम भइरहेको छ ।
यस्तै राष्ट्रपति पौडेलले देशभर खेलमैदान र रंगशाला निर्माणका लागि निजी क्षेत्रलाई संलग्न गर्ने गरी नीतिगत सुधार गर्ने बताए ।