काठमाडौँ, फागुन २२ । नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सप्तरीको सभास्थल परिवर्तन गरेको छ। एमालेको अभियानलाई रोक्न मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लामा विरोधका कार्यक्रम सार्वजनिक गरेपछि एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारेको हो।


ADVERTISEMENT


एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ। मोर्चासँगको सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको हो। एमालेले सभा आयोजना गर्न लागेको रंगशालामा तालबन्दी गरेपछि औद्योगिक क्षेत्रमा सारिएको कार्यक्रम त्यहाँ पनि तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन्।


ADVERTISEMENT

# # #


एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ । एमालेले गर्न लागेको कार्यक्रममा मोर्चाले अवरोध गर्ने घोषणा गरेपछि जिल्लावासीहरुमा मुठभेडको आशंकाले त्रास बढेको छ । एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएपछि सम्भावित झडपको स्थिति नियन्त्रणका लागि सुरक्षा व्यवस्था अत्यान्त कडा बनाएको छ।

राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ(गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।