Author: Himalaya Post

सप्तरीमा विहानैदेखि मोर्चाका कार्यकर्ता सडकमा, सुरक्षा व्यवस्था कडा

सप्तरी, फागुन २३ । एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन् । सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन् । उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए । अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए । उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने विहानै देखि प्रहरीले आफ्ना कार्यकर्ताहरुको धरपकड गरेको बताए । उनी अहिले राजविराजमा छन् । सडकमा उत्रिएका मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उनले बताए । मोर्चाले आज...

Read More

भक्तपुर क्यान्सर अस्पतालको अत्याधुनिक स्मृति भवनको उद्घाटन

भक्तपुर, फागुन २२। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर क्यान्सर अस्पतालले निर्माण गरेको अत्याधुनिक स्मृति भवनको उद्घाटन गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालको आज सम्पन्न २२ औँ वार्षिकोत्सव समारोहमा उनले विभिन्न दाताबाट सङ्कलित रकमबाट निर्माण भएको उक्त भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा अस्पताललाई सहयोग गर्ने दातामध्ये रु १० लाखभन्दा बढी सहयोग गर्ने जिल्ला विकास समिति भक्तपुरलाई डाइमन्ड सर्टिफिकेट, रु एक लाखदेखि नौ लाख ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने पाँच दातालाई गोल्डेन सर्टिफिकेट, रु ५० हजारदेखि ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने दुई दातालाई सिल्भर सर्टिफिकेट र रु ५० हजारभन्दा...

Read More

३३ किलो सुन तस्करी गर्ने ३० जना सार्वजनिक (सूचिसहित)

काठमाडौँ, फागुन २२ । गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको ३३ किलो अवैध सुन तस्करीमा संलग्न १२ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । अनुसन्धानका क्रममा नियन्त्रणमा लिएकाहरुमध्ये १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करीमा संलग्नहरुमाथि भएको कारबाही र अनुसन्धानको प्रगतिबारे जानकारी गराएको हो ।सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरुः रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ...

Read More

भारतमा रहेका नेपाली व्यवसायी नेपालमा सय करोड लगानी गर्ने

काठमाडौँ, फागुन २२ । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोेड लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ ।इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा प्राकृतिक सौन्दय, वन्यजन्तुका साथै स्थानीय कलासंस्कृतिको समिश्रणका कारण पर्यटन व्यवसायको सम्भावना देखिएकाले सो रिसोर्टलाई पहिलो प्राथमिकतामा राखिएको बताए । बर्दियासँगै नजिक २५ स्थानमा पनि रिर्सोट निर्माण गर्ने जानकारी दिँदै नेपालको स्थानीय पर्यटनलाई विकास गरी त्यहीको उत्पादन र स्थानीय जनशक्तिलाई प्रयोग गर्दै आर्थिक विकासका...

Read More

दुई नम्बर प्रदेशमा १७ स्थानीय तह थप्ने सरकारको तयारी, मोर्चा असन्तुष्ट

काठमाडौँ, फागुन २२ । मधेसी मोर्चाको चित्त बुझाउन सरकारले आज स्थानीय तहको संख्या बढाउने भएको छ। मन्त्रिपरिषदले आजको बैठकबाट स्थानीय तहको संख्या बढाउने भएको हो। यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठीत समितिले कति संख्या बढाउने भन्ने सुझाव मन्त्रिपरिषदमा पेश गर्ने छ। मन्त्रालय स्रोतका अनुसार तराईमा १७ वटा र पहाडमा २ वटा गरी १९ वटा स्थानीय तह थप्ने सुझाव मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ। दुई नम्बर प्रदेशका ८ जिल्लामा १७ वटा तथा मनाङ र बझाङमा एकएक वटा संख्या थप्ने सुझाव समितिले तयार पारेको हो। सरकारले आज १९ वटा संख्या थप गरे स्थानीय तहको संख्या...

Read More