काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरुमा प्रमुख राजनैतिक दलहरु एक ठाँउमा उभिएर संविधान संसोधन गर्नुपर्ने समेत बताए । नेता केसीले कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राखे । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


केसीले सरकारले नेपालको चुच्चे नक्सा नोटमा राख्ने गरेको निर्णय शासन सत्ता सञ्चालनमा देखिएको त्रुटी लुकाउन मात्र ल्याइएको आरोप लगाए । चुच्चे नक्साको विषय कुटनैतिक रुपमा समाधान गर्न उनले सरकारलाइ सुझाव दिए ।