Author: Himalaya Post

इटहरीमा निर्वाचन आयोगविरुद्ध राप्रपाको जुलुस

इटहरी– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गरे । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाए...

Read More

आइजिपी नियुक्ती प्रकरण: प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले आज अन्तिम सुनुवाई गर्ने

काठमाडौँ– नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे आज सर्वोच्च अदालतमा अन्तिम बहस हुने भएको छ। प्रधानन्याधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गर्दैछ। यो मुद्दा आज प्रधानन्यायाधीशसहित हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार भट्टराईले हेर्ने भएका छन्। यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको थियो। ६ गते भने पूर्ण इजलासमा राख्ने आदेश गरेको उक्त इजलासले बढुवा गर्दाको मूल्याङन फाइल पनि पठाउन सरकारलाई आदेश गरेका हुन्। कार्की र केसीको सयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेश निरन्तरता दिए डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा सिफारिस गर्ने...

Read More

शिक्षा राज्यमन्त्रीद्वारा भक्तपुरमा एसइई परीक्षाको अनुगमन

भक्तपुर– चैत्र ३ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा(एसइई) सञ्चालन भएका यहाँका विद्यालयमा आज शिक्षा राज्यमन्त्री धनमाया विकसहितको टोलीले अनुगमन गरेको छ । राज्यमन्त्री विकले एभरेस्ट मावि, मेधा मावि, शान्ति निकेतन मावि र चाणक्य मावि, सचिव शान्तबहादुर श्रेष्ठले आदर्श मावि सानोठिमी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले खरिपाटीस्थित श्रीकृष्ण मावि परीक्षा केन्द्रको अनुगमन गरे। प्रवेशिका परीक्षाको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को परीक्षा सञ्चालन कसरी भइरहेको छ भन्नेबारेमा जानकारी लिन टोलीले फरक फरक विद्यालयमा अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी अर्जनु श्रेष्ठले जानकारी दिए । टोलीमा राज्यमन्त्री विक, शिक्षा मन्त्रालयका सचिव श्रेष्ठ, विभागका महानिर्देशक पौडेल, जिल्ला शिक्षा...

Read More

बिलबाओलाई हराउँदै म्याड्रिड बार्सिलोनाभन्दा ५ अंकले अगाडी

काठमाडौँ – रियल म्याड्रिडले स्पेनिस ला लिगामा बार्सिलोनासँगको अग्रतालाई ५ अंकले अगाडि राखेको छ। शनिवार राती एथलेटिको बिलबाओलाई उसैको घरमा १–२ को नतिजा निकाल्ने क्रममा म्याड्रिडले २७ खेलबाट ६५ अंक जोडेको छ। आइतबार राती भेलेन्सियासँग भिड्न लागेको बार्सिलोनाको २७ खेलबाट ६० अंक छ। सन् २०१२ पछि लिग उपाधि जित्ने होडमा रहेको म्याड्रिडका लागि करिम बेन्जेमा र कासेमिरोले गोल गरेका थिए। निकै तनावपूर्ण यस खेलमा ६५ मिनेटमा बिलबाओका भेट्रान स्ट्राइकर आरिट्ज अडुरिजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, क्रिस्टियानो रोनाल्डोको पासमा कासेमिरोले ३ मिनेटपछि गोल फर्काउदै भ्रमणकारी टोलीलाई जित दिलाए। यसअघि खेल सुरु भएको २५ मिनेटमा बेन्जेमाको गोलका कारण...

Read More

सवारी अनुमतिपत्र लिनका लागि अब दश वस्तुगत प्रश्न मिलाए पुग्ने

काठमाडौँ– सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए । उनले भने, “ यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।” यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा. पाण्डेले बताए...

Read More