राजविराज– एमालेको मेची महाकालि अभियानको क्रममा सोमवार प्रहरीको गोली लागेर गंभीर घाईते भई धरानमा उपचार भईरहेको थप एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


यो संख्यासँगे शुक्रवारसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले दिएको जानकारी अनुसार गोली लगेर गंभीर भई आईसीयुमा उपचार भईरहेको जमूनी–१ कटवीका ईनरदेव यादव (५०) को धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार दिउँसो मृत्यु भएको हो ।

यस अघिसम्म प्रहरीको गोली लागेर मलेठ–२ बस्ने रंजन मेहता, मलेठ–२ कै विरेन्द्र महतो, मलेठ–४ का पिताम्वर मण्डल र प्रसवनीका आनन्द साहको मृत्यु भएका थियो।

गोली लागेर गम्भिर थप ७ जनालाई धरानमै उपचार भईरहेको सचिव मण्डलले बताए ।

उनका अनुसार राजविराज नगरपालिका स्थित खर्साल टोलका सुरेन्द्र साह, हाटीका दिलिप यादव, सिरहा दिगम्वर यादव, अरुण कुमार यादव लगायत ७ जनाको उपचार भईरहेको छ ।