Author: Himalaya Post

काठमाडौँमा पाँच दलित महिला सदस्य निर्विरोध

काठमाडौँ– काठमाडौँ जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् । टोखाको वडा नंं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । दुवै जना नेपाली काँग्रेसका उम्मेदवार हुन् । यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएकी छन्। दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी हुन् । यस्तै,...

Read More

पोेखरी खन्दा मूर्ति भेटियो

सप्तरी– सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ । सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन देखि चार फिट अग्लो एउटै कालो पथ्थरमा विष्णु, हुनमानजीलगायत आकृति देखिएका विभिन्न किसिमका कलात्मक मूर्ति फेला परेको स्थानीयवासीले जनाकरी दिएका छन् । फेला परेको मूर्तिलाई स्थानीयवासीले रामनगरस्थित एक मन्दिरमा प्रतिस्थापित गराई पूजाअर्चना समेत गर्ने गरेको जनाएको छ । मूर्ति फेला परेको स्थान र मन्दिरमा मूर्ति हेर्नका लागि हजारौंको भिड लागेको स्थानीय रामकुमार यादवले जानकारी दिए...

Read More

प्रधानमन्त्रीद्वारा एसियन बडी बिल्डिङका विजेता महर्जनलाई सम्मान

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन्। अखिल नेपाल खेलकुद सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले खेलकुद विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने प्रधानमन्त्रीको भनाइ छ । महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीको समेत...

Read More

साढे ४ करोड नेपाली रुपैयाँसहित नागढुंगा चेकपोस्टबाट ६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– पर्यटक बसमार्फत काठमाडौंको केरुङतर्फ जाँदै गरेका ६ जना चिनियाँ नागरिक झण्डै साढे ४ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका छन् । राजधानीको थाङकोटस्थित चेकपोस्टमा उनीहरु सवार बस चेकजाँचका क्रममा सो अवैध रकम भेटिएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । उनका अनुसार केरुङतर्फ जाँदै गरेको तीन बसमध्ये दुई बसमा चेक जाँच गर्दा तीन लाख ४९ हजार युएस डलर, युरो ६८ हजार, युआन १७ सात सय, जापानी ऐन ३१ लाख र स्वीस फ्याङ्क २ हजार सहित ५ महिला र एक पुरुषलाई पक्राउ गरिएको हो । यस्तै अरु १९ जनालाई पनि नियन्त्रणमा लिई...

Read More

दोस्रो निर्वाचन पनि जेठ ३१ मै हुन्छ– प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताएका छन् । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उनले भने–“विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौँ ।’’ ‘‘स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको सङ्ख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको छ’’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भने। स्थानीय तहको ठूलो भूगोल भएकाले उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्ने र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन...

Read More