Author: Himalaya Post

स्थानीय तह सञ्चालन ऐन ल्याइँदै

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराए। नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिले ऐनको मस्यौदा तयार भइरहेको बताइएको छ । ‘‘वैशाख महिनाभरिमा ऐनको प्रारम्भिक मस्यौदा बनाइसक्ने छौँ”, उनले भने, “स्थानीय तहको निर्वाचनलगत्तै ऐन ल्याउने तयारीमा छौँ ।” सात सय ४४ स्थानीय तहलाई संविधानले दिएको अधिकार अनुसार ऐन ल्याउन थालिएको हो । पुरानो ऐन खारेज र नयाँ ऐन नआएको बेला स्थानीय तह सञ्चालन आदेशानुसार मन्त्रालयले कामकारबाही सञ्चालन गरेको...

Read More

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन राप्रपाको माग

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलाई सो पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो । त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा यादवलाई ज्ञापनपत्र बुझाइएको थियो । उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भई जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय...

Read More

काठमाडौँमा पाँच लाख ५७ हजार मतदाता

काठमाडौँ– काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थानीय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको अवस्थामा यसमा बाधा पुग्ने काम कसैले गर्ने नहुने बताए । काठमाडौंँका अन्य १० नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालय रहनेछ । काठमाडौँका नगर क्षेत्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए । निर्वाचन समाप्त भइसकेपछि कामपा क्षेत्रका मतपेटिका यसै स्थानमा तथा अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइनेछ । काठमाडौँ जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४...

Read More

सबै जिल्लामा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुला

काठमाडौँ– बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुला गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको कार्यभर सम्पन्न गर्ने कार्यादेशसहित जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकि कार्यालय संचालनमा ल्याएको हो । मुख्य निर्वाचन अधिकृतलाई जिल्लाको निर्वाचन सम्बन्धि सम्पूर्ण कामको समन्वय, सुपरीवेक्षण र आवश्यक निर्देशन दिने कार्यादेश समेत दिएर कार्यालय संचालनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । गत चैत्र २५ गते नै देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि नियुक्ति पनि दिइसकिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन आवश्यक...

Read More

नवलपरासीमा उम्मेदवार चयनमा व्यस्त राजनीतिक दल

नवलपरासी– राजनीतिक दल यतिबेला स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनमा व्यस्त छन् । मधेस केन्द्रित दलबाहेक अरू सबै दल यतिबेला उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका हुन् । छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात वटा नगरपालिका र आठ वटा गाउँपालिका छ । गाउँपालिका वा नगरपालिकामा चयन हुने प्रमुख उपप्रमुख, सदस्य, महिला सदस्य, समावेशी सदस्य लगायतका सम्भावित उम्मेदवार छनौट गर्न लागिपरेका छन् । विशेषगरी जिल्लाका शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतले पार्टीभित्र लोकप्रिय र निर्वाचन जित्न सक्ने सम्भावित उम्मेदवार छनौटमा लगिपरेको पाइन्छ । सम्बद्ध दलले यतिबेला गाउँ वा नगरबाट सम्भावित उम्मेदवारको नामावली सङ्कलन...

Read More