Author: Himalaya Post

पूर्वाधार निर्माण गरेर ‘जेब्रा क्रसिङ’लाई आगामी हप्तादेखि उपत्यकाभरि नै लागू गरिने

काठमाडौँ, १९ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई उपत्यकाभर कारबाही गर्ने भएको छ । यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई रु २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधारको अभावका कारण अहिले ३० देखि ३५ स्थानमा मात्र कारबाही गरे पनि आगामी हप्तासम्म पूर्वाधार निर्माण गरेर उपत्यकाभर कारबाही गर्न लागेको बताए । उनले भने – “पूर्वाधार नभएको ठाउँमा काठमाडौँ महानगरपालिका र सडक विभागसँग सहकार्य गरेर जेब्रा क्रसिङ निर्माण गर्न लगाएका छौँ, जेब्रा...

Read More

‘सरकारले राजनीतिक सहमतिको वातावरण सिर्जना गरे राजपा निर्वाचनमा जान तयार छ’ : डा. सुरेन्द्र झा

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपनि दोस्रो चरणको निर्वाचनको अझै सुनिश्चितता भइसकेको छैन । मधेसकेन्द्रित दलहरु मिलेर बनेको संसद्को पाचौँ ठूलो दल राजपा आफ्ना माग पूरा नभएकोभन्दै पहिलो चरणको निर्वाचनमा सहभागी भएन र दोस्रो चरणको निर्वाचन अघि माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिइरहेको छ  ।   नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि निर्वाचनको मुखैमा नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढेको छ । के नयाँ सरकारले राजपाका माग सम्बोधन गर्न सक्छ ? अब बन्ने भनिएको नयाँ सरकारप्रति राजपाको धारणा के छ ? दोस्रो चरणको निर्वाचन सरकारले केहीपर सारेपछि राजपाले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित...

Read More

बिनाकारबाही छोडियो नेपाली नागरिक अपहरण गर्न खोज्ने भारतीय प्रहरीको टोलीलाई

भीमदत्तनगर– नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ । नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो । स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो । आउजीलाई राति घरबाट...

Read More

चुनावको मिति सारेपछि मधेसवादी दल खुसी

कैलाली– सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् । विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोश्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो । तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ । निर्वाचन मिति सारिएपछि दल दर्ता, निर्वाचन प्रचारप्रसार लगायतका आवश्यक तयारी गर्न सजिलो हुने भएपछि मधेसकेन्द्रीत दल खुसी भएका हुन् । अघिल्लो पटक गरेको प्रतिबद्धता पूरा गर्न सरकारले...

Read More

गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

चितवन– “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने । पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् । दाहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा खुसी भएको उनले बताए । आज बिहान अस्पतालमा भेट्दा उनलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए। उनका भतिज विफल महतो भन्छन्, “हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।” खैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार...

Read More