काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन्।


ADVERTISEMENT


अखिल नेपाल खेलकुद सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले खेलकुद विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने प्रधानमन्त्रीको भनाइ छ ।


ADVERTISEMENT

# # #


महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीको समेत उपस्थिति रहेको थियो । रासस